दिपक खत्री, मंसिर १८ – सोलिडारिटी नेपालको साक्षरता अभियानको क्रममा गुल्मीका करिब १००० भन्दा बढी दलित, जेहेन्दार तथा गरिब बाल-बालिकालाई सह्योग गरिएको छ । यस अभियानमा गुल्मीका झन्डै ५ गा.वि.स का विभिन्न तह्का बिद्यार्थीहरु समाबेश गरिएको थियो ।
साक्षरता अभियान सह्योगार्थ गठित समितीले सौशिक सामाग्री वितरणको लागि घर-दैलो कार्यक्रमनै चलाएको थियो । घर-दैलो अभियान अन्तरगत गुल्मीको दलित बस्तीको रुपमा चिनिने विशुखर्क गा.वि.स वडा ६ देउलधारामा १४८ जना दलित बाल-बालिकालाई सौशिक सामाग्री सह्योग गरी साक्षरता अभियान सम्बन्धी जानकारी गराइएको हो ।
कार्यक्रम गुल्मीका बिकट गा.वि.स विशुखर्क सग-सगै हराचौर, शान्तिपुर, हरेवा, दिब्रुङमा गरिएको थियो भने माघको अन्तिम साता बाट अरु गा.वि.स मा समेत पुर्न आयोजना गर्ने बताइएको छ । सकभर सबै लक्षित वर्गलाई सहयोग गर्ने उद्देश्यले अभियान चलाईएको आयोजकले जानकारी गराएका छन ।
कार्यक्रम अन्तरगत गुल्मीको खड्कदेव प्रा.वि मा १७७, ईन्द्रचोक प्रा.वि मा १४८, डाडावन प्रा.वि मा ७७, जनज्योती प्रा.वि मा ८८ गरी जम्मा ४९० जना बिधाथीलाई सहयोग गरिएको थियो भने अरु विधालय र घर-दैलो अन्तरगत ५५५ बाल-बालिकालाई सह्योग गरिएको हो ।
सोलिडारिटी नेपालले यो अभियान गुल्मी, बाग्लुङ, नवलपरासी, रुपन्देही, सिन्धुपाल्चोक, काठमाडौं र दोलखा गरी जम्मा ७ जिल्लामा चलाउदै आइरहेको छ ।
कार्यक्रमा गुल्मी जिल्ला प्रतिनिधि लक्षमण सुबेदीले अभियानलाई भबिष्यमा पनि निरन्तरता दिँदै जाने प्रतिबद्वता जाहेर गरे। सोलिडारिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत(सिईओ) तथा सोलिडारिटी नेपालका संस्थापक अध्यक्ष राजेन्द्र गौतमको उपस्थितिमा सम्पन्न कार्यक्रम दुइ तहमा बिभाजन गरी सम्पन्न गरिएको थियो । कार्यक्रममा आएका गौतमले साक्षरता अभियानमा सह्योग गर्ने सोलिडारिटी नेपालका पदाधिकारी, बुद्धिजीवी, शिक्षक, शिक्षिका, अभिभावक र बिधाथीलाई कार्यक्रम सफल पार्न गरेको उदार भावनाको कदर गर्दै सम्पूर्ण ब्यक्तिहरुलाई आ-आफ्नो ठाँउबाट सौशिक क्षेत्रमा सह्योग गरी समृद्ध नेपाल निर्माणमा कुनै न कुनै किसिमले योगदान दिनु पर्ने आवश्यकता रहेको औँलाएका थिए।
सोलिडारिटी नेपालले नेपालका बिभिन्न ग्रामिण क्षेत्रका विधालयमा पुस्तकालय निर्माण, बिद्धाथीको शौक्षिक गुणस्तर बृदीका लागी कम्प्युटर बितरण, छात्रवृत्ति तथा आपतकालिन स्थितिहरुमा धेरै पटक राहत सामाग्री प्रदान गरिसकेको छ।
अमेरिका, जापान्, युके, अस्ट्रेलिया र क्यानाडामा समेत नेट्वोर्क रहेको एस.एन ले अरु रास्ट्रमा पनि नेट्वोर्क बिस्तारको प्रयास गर्दै विपन्न परिवारका बाल-बालिकाहरुलाई सह्योग गर्दै आइरहेको छ ।