सोलिडारिटी नेपालको बाल अधिकार सबन्धी बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ चैत, काठमाडौं । जिल्लामा बाल-बालिकाको मानवअधिकार सुरक्षित हुन नसकेकोमा एक कार्यक्रमका वक्ताहरुले चिन्ता ब्यक्त गरेका छन् । सोलिडारिटी नेपालले आज काठमाडौंमा आयोजना गरेको “काठमाडौं जिल्लामा बाल अधिकारको अवस्था” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले काठमाडौंमा बाल श्रमको अवस्था डरलाग्दो भएको चित्रण गरेका हुन ।  कार्यक्रममा बाल अधिकारका आधारभूत कुराहरुको बारेमा छलफल गर्दै उनिहरुले बाल अधिकार संरक्षण गर्न सम्वन्धित सरोकारवालाहरुको सक्रिय भुमिकामा जोड दिए । होटल मजदुरको रुपमा कार्यरत बाल श्रमिकहरु अत्याधिक भएको, बाल-बालिका गरीविका कारण विद्यालय जानबाट  वञ्चीत भएको तथा संरक्षित हुन पाउने अधिकारवाट उनिहरु वञ्चित भएको कार्यक्रमका सहभागिहरुले बताएका थिए ।

बाल-बालिकाहरुलाई बालअधिकार शिक्षाको बारेमा जानकारी गराएर सामुदायिक क्षेत्रको कुनाकाप्चामा पनि बालअधिकार सम्बन्धी सन्देश प्रवाह गरी बाल अधिकार हनन्, ज्यादतीका घटनाहरुलाई न्यूनिकरण गर्न सहयोग पुर्याउने उद्धेश्यले सो अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा जिल्लामा बाल-बालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, बिध्यार्थी, समाज-सेवी तथा पत्रकारहरुको सहभागिता थियो ।

कार्यक्रम युनिक सोसाइटीका रमन प्रसाइको सञ्चालन, सोलिडारिटी नेपाल केन्द्रिय कार्यालय काठमाडौंका राजेन्द्र गौतमको अध्यक्षता तथा चाइल्ड फाउन्डेशनका प्रमुख विल्सन क्लिनटनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सोलिडरिटी नेपालका अध्यक्ष राजेन्द्र गौतमले, नेपालमा अझै ७०% बालबालिकाहरु सरसफाई, शिक्षा, स्वास्थ, स्वच्छ पानी, खाना जस्ता आधारभूत आवश्यकताहरुबाट बन्चित रहेको भन्दै उनिहरुलाई शोषणबाट मुक्ति दिलाई शिक्षा, स्वास्थ्य, खाद्यलगायतका आधारभुत अधिकारको प्रत्याभुति दिलाउनु हामी सबैको कर्तब्य रहेको बताउनु भयो । समाज सेवामा युवाहरुको सकृएताले परिबर्तनका निम्ती ठुलो टेवा पुगेको बताउदै  समाजमा रहेका बालबालिकाको हक-हितका निम्ती आफु लागि रह्ने चाइल्ड फाउन्डेशनका प्रमुख विल्सन क्लिनटनले थप्नु भयो  ।

कार्यक्रममा चाइल्ड डेभलपमेन्टका सशी शक्य, महिला विकासकी आर्चना शर्मा, नेपाल मुमेन्टका अपिल साप्कोटा, वाल संरक्षणका बिबेक दाहल, एसिएकी सपना न्यौपाने, पत्रकार युभानी शर्मा लगायतले वोल्नुभएको थियो भने ७० जनाभन्दा बढीको सहभागीता थियो ।

( प्रस्तुतन्यूज नेपालअरव डट कम , सिमानापारी डट कमब्रुसेलनेपाल डट कम आदी अन-लाईन प्रोटलमा प्रकाशित भएको हो )