सोलिडारिटीद्वारा मृगौला पिडित थापालाई झन्डै डेढ लाख सहयोग

Solidarity-international-logo

शालीकराम आचार्य, आषाढ ८, ०७० काठमाडौं । सोलिडारिटी नेपालले गुल्मी शान्तिपुर, भुलके निवासी ३४ बर्सिय दुबै मृगौला पिडित खिम बहादुर थापा (मिठे) लाई रु.१४८,१७५/- (एक लाख अड्चालिस हजार एक सय पचहत्तर रुपैयाँ) आर्थिक सहयोग गरेको छ ।

सोलिडारिटी इन्टरनेशनल अमेरिका च्यापटरका अध्यक्ष श्रीराम थापाको रोहबरमा स्थापना गरिएको जिबन रक्षा कोषमा संकलित रकम आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी हस्तानतरण गरिएको हो ।

सोलिडारिटी इन्टरनेशनल अमेरिका च्यापटरका सदस्यहरुबाट संकलित रु.१२५,०००/- र कृष्ण ब. थापा (बहराइन) बाट संकलित रु २३,१७५/- गरि जम्मा रु. १४८,१७५/- सहयोग गरिएको हो ।

गाउँ विकास समिति शान्तिपुर वडा न. १ गुल्मी जिल्लाका खिम बहादुर थापा लामो समय देखी मृगौला पिडित रहेका छन् । डाक्टरले उनको मृगौला ट्रान्सप्लान्ट गर्नु पर्ने बताएपछि सोलिडारिटी इन्टरनेशनलले सहयोगको अपिल तथा बिभिन्न पत्र-पत्रीकाले समाचार प्रसारण गरेका थिए ।

Image

 पिडितको आर्थिक अबस्था निकै दयनिय रहेको कारण मृगौला ट्रान्सप्लान्ट गर्नको निम्ती ठूलो रकमको आवश्यक्ता परेको हुनाले पिडित खिम बहादुर थापाको जीवन रक्षाको निम्ती आर्थिक सहयोग गरिएको बताइएको छ ।

जिबन रक्षा कोषमा रकम सहयोग गर्नेहहरु सम्पूर्णलाई धन्यवाद दिदै अझै पनि सोलिडारिटी इन्टरनेशनलले देश विदेशबाट थप रकम संकलन कार्य जारी राख्ने सोलिडारिटी इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत तथा सोलिडरिटी नेपालका अध्यक्ष राजेन्द्र गौतमले बताए ।

सोलिडारिटी इन्टरनेशनल मलेसियाको अध्यक्षमा गौतम

Imageकृष्ण न्यौपाने, पासा वेष्टपोर्ट । सोलिडारिटी इन्टरनेशनल मलेसियाको अध्यक्षमा प्रेम गौतम चयन भएका छन् । मलेसियाको पासा वेष्टपोर्टमा शुक्रवार सम्पन्न भएको प्रथम अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नब निर्बाचित सोलिडारिटी इन्टरनेशनल मलेसियाको उपाध्यक्षमा दिभाकर पौडेल र रमेश शर्मा, सचिवमा झबीलाल गौतम, कोषाध्यक्षमा घन्श्याम शर्मा, सह-सचिबमा तोयानाथ गौतम चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा  टेक बहादुर छेत्री, कृष्ण प्रसाद गैरे, दिल बहादुर खत्री, जनक थापा र प्रकाश गौतम रहेका छन् । अधिबेशन सम्पन्न भए लगतै बसेको समितिको प्रथम बैठकले विभिन्न सामाजिक निर्णय गरेको बुझिएको छ।

गएको १२ मे २०१३ मा सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष राजेन्द्र गौतमको उपस्थितिमा हुने भनिएको अधिवेशन बिबिध कारण बश उहाँको उपस्थिति हुन नसकेकाले मिती सारी जुन १५, २०१३ मा मलेसियाको पासा वेष्टपोर्टमा गरिएको हो ।

अपरान्हको चार बजे सुरु भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नव निर्बाचित अध्यक्ष गौतमले मुलुक बाहिर छरिएर रहेका सम्पुर्ण समाज-सेवीहरुलाई समेट्ने योजना र प्रवासमा पनि सामाजिक अभियानमा अभिरुचि राख्ने सवैलाई एउटै छातामा समेट्ने हेतुले सोलिडारिटी इन्टरनेशनल मलेसियाको स्थापना भएको बताएका थिय ।

बिभेदपूर्ण समाजको अन्त्य गर्ने अभियानका साथ स्थापित सोलिडारिटी इन्टरनेशनलले केही दिन अघी मात्रै अमेरिकामा पनि आफ्नो च्याप्टर बिस्तार गरेको थियो ।

सोलिडारिटी नेपालद्वारा बृहत छात्रबृत्ति तथा शौशिक सामाग्री बितरण कार्यक्रमको आयोजना

13-june-013-Photo 1अजय शेर्पा, – सोलिडारिटी नेपालले दलित, अपाङ्ग, गरिब तथा जेहेन्दार विद्यार्थीलाई जेठ २९ गते एक कार्यक्रमको आयोजना गरी छात्रबृत्तिका साथै शैक्षिक सामाग्री बितरण गरेको छ ।

सोलिडारिटी ईन्टरनेशनलको सहयोग, रोट्रयाक्ट क्लब अफ काठमाडौंको सह-आयोजनामा दोलखा जिल्लाको बिकट गा.वि.स, हावामा अवस्थित श्री दुम्शीझाङ निम्न माधयमिक विद्यालयका १४८ जना विद्यार्थीलाई करिब ५० हजार वरावरको कापी, कलम, कपडा, झोला, खेलकुद सामाग्री तथा अन्य शौशिक सामाग्रीहरु वितरण गरीएको हो ।

साथै सो अवसरमा वार्षिक रुपमा लाग्ने विद्यार्थी शुल्कसमेत प्रदान गरिएको थियो । छात्रबृत्ति वितरण गर्दै, कार्यक्रमका प्रमुख अथिति समेत रहेका सोलिडरिटी नेपालका अध्यक्ष तथा सोलिडारिटी ईन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले विद्यार्थीको शैक्षिक सफलताको कामना गर्दै आफ्नो संस्थाले विद्यालयलाई सहयोग गर्ने मौका पाएको प्रती प्रशंसा ब्यक्त गरे ।

शिक्षक अभिभावक संघ दुम्शीझाङ नि. मा.वि का अध्यक्ष दिल बहादुर कार्कीले गरिब विद्यार्थीको भविश्यको लागी सोलिडारिटी नेपालले गरेको योगदानको मुल्य शब्दमा बयान गर्न नसकीने वताउदै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्ष्या गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गल्जे शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोलिडारिटी नेपालका कोषाध्यक्ष कृष्ण गौतम, विद्यालयका प्रधानाध्यापक आङ फुरी शेर्पा, बाल क्लबका प्रतीनिधी तथा अन्य अथितिले बोलेका थिए ।

सोलिडारिटीले केही बर्ष पहिलेदेखि नेपालका ८ जिल्लामा रहेका करिब १२ सय दलित, अपाङ्ग, गरिब तथा जेहेन्दार विद्यार्थीलाई वर्षेनी निशुल्क भर्ना तथा वर्षभरिमा लाग्ने सम्पूर्ण शैक्षिक सामाग्री वितरण गर्दै आएको छ ।

13-june-013-Photo 2   13-june-013-Photo 3   3  DSC01395   DSC01353   DSC01343

बाग्लुङ, गुल्मी, कास्की, नवलपरासी, रुपन्देही, सिन्धुपाल्चोक, काठमाडौंमा र दोलखा जिल्लाका बाल-बालिकालाइ उक्त सेवा उपलब्ध गराउदै आएको सोलिडारिटी नेपालका कोषाध्यक्ष कृष्ण गौतमले जानकारी दिए ।