अजय शेर्पा, – सोलिडारिटी नेपालले दलित, अपाङ्ग, गरिब तथा जेहेन्दार विद्यार्थीलाई जेठ २९ गते एक कार्यक्रमको आयोजना गरी छात्रबृत्तिका साथै शैक्षिक सामाग्री बितरण गरेको छ ।
सोलिडारिटी ईन्टरनेशनलको सहयोग, रोट्रयाक्ट क्लब अफ काठमाडौंको सह-आयोजनामा दोलखा जिल्लाको बिकट गा.वि.स, हावामा अवस्थित श्री दुम्शीझाङ निम्न माधयमिक विद्यालयका १४८ जना विद्यार्थीलाई करिब ५० हजार वरावरको कापी, कलम, कपडा, झोला, खेलकुद सामाग्री तथा अन्य शौशिक सामाग्रीहरु वितरण गरीएको हो ।
साथै सो अवसरमा वार्षिक रुपमा लाग्ने विद्यार्थी शुल्कसमेत प्रदान गरिएको थियो । छात्रबृत्ति वितरण गर्दै, कार्यक्रमका प्रमुख अथिति समेत रहेका सोलिडरिटी नेपालका अध्यक्ष तथा सोलिडारिटी ईन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले विद्यार्थीको शैक्षिक सफलताको कामना गर्दै आफ्नो संस्थाले विद्यालयलाई सहयोग गर्ने मौका पाएको प्रती प्रशंसा ब्यक्त गरे ।
शिक्षक अभिभावक संघ दुम्शीझाङ नि. मा.वि का अध्यक्ष दिल बहादुर कार्कीले गरिब विद्यार्थीको भविश्यको लागी सोलिडारिटी नेपालले गरेको योगदानको मुल्य शब्दमा बयान गर्न नसकीने वताउदै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्ष्या गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गल्जे शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोलिडारिटी नेपालका कोषाध्यक्ष कृष्ण गौतम, विद्यालयका प्रधानाध्यापक आङ फुरी शेर्पा, बाल क्लबका प्रतीनिधी तथा अन्य अथितिले बोलेका थिए ।
सोलिडारिटीले केही बर्ष पहिलेदेखि नेपालका ८ जिल्लामा रहेका करिब १२ सय दलित, अपाङ्ग, गरिब तथा जेहेन्दार विद्यार्थीलाई वर्षेनी निशुल्क भर्ना तथा वर्षभरिमा लाग्ने सम्पूर्ण शैक्षिक सामाग्री वितरण गर्दै आएको छ ।
बाग्लुङ, गुल्मी, कास्की, नवलपरासी, रुपन्देही, सिन्धुपाल्चोक, काठमाडौंमा र दोलखा जिल्लाका बाल-बालिकालाइ उक्त सेवा उपलब्ध गराउदै आएको सोलिडारिटी नेपालका कोषाध्यक्ष कृष्ण गौतमले जानकारी दिए ।