कृष्ण न्यौपाने, पासा वेष्टपोर्ट । सोलिडारिटी इन्टरनेशनल मलेसियाको अध्यक्षमा प्रेम गौतम चयन भएका छन् । मलेसियाको पासा वेष्टपोर्टमा शुक्रवार सम्पन्न भएको प्रथम अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नब निर्बाचित सोलिडारिटी इन्टरनेशनल मलेसियाको उपाध्यक्षमा दिभाकर पौडेल र रमेश शर्मा, सचिवमा झबीलाल गौतम, कोषाध्यक्षमा घन्श्याम शर्मा, सह-सचिबमा तोयानाथ गौतम चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा टेक बहादुर छेत्री, कृष्ण प्रसाद गैरे, दिल बहादुर खत्री, जनक थापा र प्रकाश गौतम रहेका छन् । अधिबेशन सम्पन्न भए लगतै बसेको समितिको प्रथम बैठकले विभिन्न सामाजिक निर्णय गरेको बुझिएको छ।
गएको १२ मे २०१३ मा सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष राजेन्द्र गौतमको उपस्थितिमा हुने भनिएको अधिवेशन बिबिध कारण बश उहाँको उपस्थिति हुन नसकेकाले मिती सारी जुन १५, २०१३ मा मलेसियाको पासा वेष्टपोर्टमा गरिएको हो ।
अपरान्हको चार बजे सुरु भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नव निर्बाचित अध्यक्ष गौतमले मुलुक बाहिर छरिएर रहेका सम्पुर्ण समाज-सेवीहरुलाई समेट्ने योजना र प्रवासमा पनि सामाजिक अभियानमा अभिरुचि राख्ने सवैलाई एउटै छातामा समेट्ने हेतुले सोलिडारिटी इन्टरनेशनल मलेसियाको स्थापना भएको बताएका थिय ।
बिभेदपूर्ण समाजको अन्त्य गर्ने अभियानका साथ स्थापित सोलिडारिटी इन्टरनेशनलले केही दिन अघी मात्रै अमेरिकामा पनि आफ्नो च्याप्टर बिस्तार गरेको थियो ।