सोलिडारिटी इन्टरनेशनलले नयाँ परियोजना मार्फत सामाजिक क्षेत्रमा लगानी गर्ने

Solidarity-international-logoविभेदपूर्ण समाजको अन्त्य गर्ने अभियानका साथ बिश्वभर स्थापित सोलिडारिटी इन्टरनेशनलले नयाँ परियोजना मार्फत सामाजिक क्षेत्रमा लगानी गर्ने भएको छ । इन्भेस्ट्मेन्ट फाउन्डेशनले आज काठमाडौंमा आयोजना गरेको “सामाजिक लगानी र उत्तरदायित्व” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सोलिडारिटी इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत तथा सोलिडरिटी नेपालका संस्थापक अध्यक्ष राजेन्द्र गौतमले आफुहरु नयाँ परियोजनाका साथ आगाडी बढी रहेको जानकारी गराएका हुन ।

सोलिडारिटी इन्टरनेशनल बिकास परियोजना प्रमुखको संयोजकत्वमा एक समिती गठन गरी सकिएको जानकारी गराउदै गौतमले नेपालका बिभिन्न ग्रामीण क्षेत्रका महिलाहरुलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा सामुहिक लगानी गर्न लागिएको जानकारी गराए । बिशेषगरी बाख्रा र माछा पालनमा महिलाहरुलाई सक्रिय बनाउने जानकारी गराउदै, त्यसमा लाग्ने सम्पूर्ण लागत सोलिडारिटी फाउन्डेशन मार्फत खर्च गर्न लागिएको र यस्ले महिलाहरुको सामाजिक उत्थान गर्ने बाताए ।

सामाजिक उत्तरदायित्वको आबश्यकता बुझ्न आग्रह गर्दै गौतमले, बिश्वभर रहेका आफ्ना समन्वय समितीहरुलाई सामुहिक लगानीमा सरिक हुन अपिल गरीसकिएको जानकारी गराउदै, बाल-बालिका र महिलाको मानवअधिकार सुरक्षित हुन नसकेकोमा पनि चिन्ता ब्यक्त गरे ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै इन्भेस्ट्मेन्ट फाउन्डेशनका प्रमुख बिबेक राणाले आफुहरु पनि सोलिडारिटी फाउन्डेशन मार्फत कृषि क्षेत्रमा लगानी गर्न लागेको बताउदै त्यसले छोटो समयमै राम्रो प्रतिफल दिने बिस्वाशका साथ, महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने बताए ।

कार्यक्रममा महिला विकासकी आर्चना शर्मा, एसिएकी सपना न्यौपाने, पत्रकार युभानी शर्मा लगायतले बोलेका थिए भने ५० जनाभन्दा बढीको सहभागीता थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s