सोलिडारिटीद्वारा मृगौला पिडित थापालाई दोस्रो चरणको सहयोग, थप सहयोगका लागि अपिल

२४ साउन, बुटवल । सोलिडारिटीले गुल्मी शान्तिपुर, भुलके निवासी दुबै मृगौला पिडित खिम बहादुर थापालाई दोस्रो चरणको सहयोग गरेको छ । युएईमा कार्यरत नेपालीहरुबाट सन्कलित रु. ४२,००० आज बुटवलमा एक कार्यक्रमको आयोजना गरी “खिम बहादुर थापा जिबन रक्षा कोष” का अभियानकर्ता चेतन बस्नेत मार्फत हस्तान्तरण गरीएको हो ।

बिगत दुई बर्ष देखि मृगौला पिडित थापा काठमाण्डौं स्थित नेश्नल किड्नी सेन्टरमा उपचार गराइ रहेका थिए । डाक्टरले थापाको मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने बताएपछि सोलिडारिटी इन्टरनेशनलको पहलमा बिभिन्न पत्र-पत्रीका र संचारमाध्यम मार्फत सहयोगको अपिल गरिएको थियो ।

पहिलो चरणमा सोलिडारिटी इन्टरनेशनल अमेरिका च्यापटरको सहयोगमा रु.१४८,१७५/- आर्थिक सहयोग गरीएको बताउदै सोलिडारिटी इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत तथा सोलिडरिटी नेपालका संस्थापक अध्यक्ष राजेन्द्र गौतमले दोस्रो चरणको सहयोग गर्ने मौका प्रदान गरेकोमा युएईमा कार्यरत नेपाली प्रर्ती धन्यबाद दिदै फोन मार्फत बिरामी थापाको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।

यसैगरी सोलिडारिटी इन्टरनेशनलले आफ्नो अभियानलाई युएईबाट समेत सहयोग गरेकोमा नेपाली जनसंपर्क समिति युएईका सभापति चित्र केसी तथा खिम बहादुर थापा जिबन रक्षा कोषका अभियानकर्ताहरु भिम केसी, खम केसी लगायतको टोलीलाई बिशेष धन्यवाद दिदै अन्य सहयोगी हातहरुप्रती समेत आभार प्रकट गरेको छ ।

(श्रोत: डिसी नेपाल डट कमनेपाल जापान डट कमजन पुकार डट कमगुल्मी टूडे डट कम आदी )

पिस फाउन्डेशनद्वारा तीन सर्बोकृस्ट पुरस्कार घोषणा

२० साउन, काठमाडौं । पिस फाउन्डेशनले आफ्नो यस बर्षको तीन सर्बोकृस्ट पुरस्कार घोषणा गरेको छ ।

फाउन्डेशनले आईतवार राजधानीमा पत्रकार सम्मेलन गरी मानब अधिकारको क्षेत्रमा योगदान पुर्याउने तीन जना श्रष्टालाई राष्ट्रिय शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

बाल अधिकारमा प्रभावकारी काम गरेको भन्दै म्याग्दीकी श्रीजना थापा मगरलाई राष्ट्रिय बाल शान्ति पुरस्कार, युवा सशक्तीकरण र समता मुलक समाज निर्माणमा उल्लेखनिय भूमिका खेलकोमा युवा समाजसेवी राजेन्द्र गौतमलाई राष्ट्रिय युवा शान्ति पुरस्कार र नारी बिभेदता र मानववेचविखन विरुध्द क्रियाशील कोपिला पाठकलाई राष्ट्रिय महिला शान्ति पुरस्कार प्रदान गर्न लागिएको हो ।

थापा म्याग्दी, बाग्लुङ र पर्वतका बिभिन्न क्षेत्रमा बाल अधिकार सम्बन्धि कार्यमा लामो समय देखी आबद्ध छन । साक्षरता अभियानको माध्यमबाट युवाहरुलाई सशक्तीकरण गर्दै बिभेदपूर्ण समाजको अन्त्य गर्ने अभियानमा क्रियाशील २१ बर्षिय गौतम सोलिडारिटी नेपालका संस्थापक अध्यक्ष, सोलिडारिटी इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत एवम् रोट्रयाक्ट क्लब अफ काठमाडौं – रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका उपाध्यक्ष हुन । यस्तै, पाठक एक सामाजिक अभियानकर्ताको रुपमा परिचित छन ।

अगस्ट अन्तिम हप्ता पोखरामा आयोजना हुने एक समारोहवीच पुरस्कार प्रदान गरिने पि याफ का प्रबक्ता अशिम शाक्यले बताए । समाजमा आफ्नो जिवन लगानी गर्नेहरुलाई प्रोत्साहित गर्न सन् २००६ बाट बिभिन्न बिधामा पुरस्कार प्रदान गर्दै आइरहेको पनि जानकारी दिए ।

(श्रोत: डिसी नेपाल डट कम, टप नेपाल न्युज डट कम, सिमाना पारी डट कम, गुल्मी टूडे डट कम, जन पुकार डट कम आदी )