२० साउन, काठमाडौं । पिस फाउन्डेशनले आफ्नो यस बर्षको तीन सर्बोकृस्ट पुरस्कार घोषणा गरेको छ ।
फाउन्डेशनले आईतवार राजधानीमा पत्रकार सम्मेलन गरी मानब अधिकारको क्षेत्रमा योगदान पुर्याउने तीन जना श्रष्टालाई राष्ट्रिय शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।
बाल अधिकारमा प्रभावकारी काम गरेको भन्दै म्याग्दीकी श्रीजना थापा मगरलाई राष्ट्रिय बाल शान्ति पुरस्कार, युवा सशक्तीकरण र समता मुलक समाज निर्माणमा उल्लेखनिय भूमिका खेलकोमा युवा समाजसेवी राजेन्द्र गौतमलाई राष्ट्रिय युवा शान्ति पुरस्कार र नारी बिभेदता र मानववेचविखन विरुध्द क्रियाशील कोपिला पाठकलाई राष्ट्रिय महिला शान्ति पुरस्कार प्रदान गर्न लागिएको हो ।
थापा म्याग्दी, बाग्लुङ र पर्वतका बिभिन्न क्षेत्रमा बाल अधिकार सम्बन्धि कार्यमा लामो समय देखी आबद्ध छन । साक्षरता अभियानको माध्यमबाट युवाहरुलाई सशक्तीकरण गर्दै बिभेदपूर्ण समाजको अन्त्य गर्ने अभियानमा क्रियाशील २१ बर्षिय गौतम सोलिडारिटी नेपालका संस्थापक अध्यक्ष, सोलिडारिटी इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत एवम् रोट्रयाक्ट क्लब अफ काठमाडौं – रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका उपाध्यक्ष हुन । यस्तै, पाठक एक सामाजिक अभियानकर्ताको रुपमा परिचित छन ।
अगस्ट अन्तिम हप्ता पोखरामा आयोजना हुने एक समारोहवीच पुरस्कार प्रदान गरिने पि याफ का प्रबक्ता अशिम शाक्यले बताए । समाजमा आफ्नो जिवन लगानी गर्नेहरुलाई प्रोत्साहित गर्न सन् २००६ बाट बिभिन्न बिधामा पुरस्कार प्रदान गर्दै आइरहेको पनि जानकारी दिए ।
(श्रोत: डिसी नेपाल डट कम, टप नेपाल न्युज डट कम, सिमाना पारी डट कम, गुल्मी टूडे डट कम, जन पुकार डट कम आदी )