२४ साउन, बुटवल । सोलिडारिटीले गुल्मी शान्तिपुर, भुलके निवासी दुबै मृगौला पिडित खिम बहादुर थापालाई दोस्रो चरणको सहयोग गरेको छ । युएईमा कार्यरत नेपालीहरुबाट सन्कलित रु. ४२,००० आज बुटवलमा एक कार्यक्रमको आयोजना गरी “खिम बहादुर थापा जिबन रक्षा कोष” का अभियानकर्ता चेतन बस्नेत मार्फत हस्तान्तरण गरीएको हो ।
बिगत दुई बर्ष देखि मृगौला पिडित थापा काठमाण्डौं स्थित नेश्नल किड्नी सेन्टरमा उपचार गराइ रहेका थिए । डाक्टरले थापाको मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने बताएपछि सोलिडारिटी इन्टरनेशनलको पहलमा बिभिन्न पत्र-पत्रीका र संचारमाध्यम मार्फत सहयोगको अपिल गरिएको थियो ।
पहिलो चरणमा सोलिडारिटी इन्टरनेशनल अमेरिका च्यापटरको सहयोगमा रु.१४८,१७५/- आर्थिक सहयोग गरीएको बताउदै सोलिडारिटी इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत तथा सोलिडरिटी नेपालका संस्थापक अध्यक्ष राजेन्द्र गौतमले दोस्रो चरणको सहयोग गर्ने मौका प्रदान गरेकोमा युएईमा कार्यरत नेपाली प्रर्ती धन्यबाद दिदै फोन मार्फत बिरामी थापाको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।
यसैगरी सोलिडारिटी इन्टरनेशनलले आफ्नो अभियानलाई युएईबाट समेत सहयोग गरेकोमा नेपाली जनसंपर्क समिति युएईका सभापति चित्र केसी तथा खिम बहादुर थापा जिबन रक्षा कोषका अभियानकर्ताहरु भिम केसी, खम केसी लगायतको टोलीलाई बिशेष धन्यवाद दिदै अन्य सहयोगी हातहरुप्रती समेत आभार प्रकट गरेको छ ।
(श्रोत: डिसी नेपाल डट कम, नेपाल जापान डट कम, जन पुकार डट कम, गुल्मी टूडे डट कम आदी )