अगस्ट २९, २०१३ – पोखरामा । बाल अधिकार, युवा सशक्तीकरण र मानववेचविखन विरुध्द प्रभावकारी काम गरेका तीन जना श्रष्टालाई आज पिस फाउन्डेशनले राष्ट्रिय शान्ति पुरस्कार प्रदान गरेको छ ।
फाउन्डेशनले पोखरामा अयोजित एक विशेश समारोह बिच युवा सशक्तीकरण र समता मुलक समाज निर्माणमा उल्लेखनिय भूमिका खेलका युवा समाजसेवी राजेन्द्र गौतमलाई राष्ट्रिय युवा शान्ति पुरस्कार, बाल अधिकारमा प्रभावकारी काम गरेकोमा श्रीजना थापा मगरलाई राष्ट्रिय बाल शान्ति पुरस्कार र नारी बिभेदता र मानववेचविखन विरुध्द क्रियाशील कोपिला पाठकलाई राष्ट्रिय महिला शान्ति पुरस्कार प्रदान गरीएको हो ।
फाउन्डेशनका नेपाल प्रतिनिधि विल्सन क्लिन्टोन प्रमुख अतिथी रहेको कार्यक्रममा गौतम, मगर र पाठकलाई जनही रु १७५,००० र कदर पत्र प्रदान गरिएको हो ।
कार्यक्रममा मगर र पाठक उपस्थित भए पनि गौतम कार्य ब्यस्ताका कारण उपस्थीत हुन नसकेको फाउन्डेशनले जानकारी गराएको थियो ।
(श्रोत: डिसी नेपाल डट कम, जन पुकार डट कम, सिमानापारी डट कम, गुल्मी टाइम्स डट कम आदी )