सोलिडारिटी नेपालले बिगतमा चलाई रहेका परोपकारी अभियानहरु आँफैमा अत्यन्तै उत्कृष्ट रहेको र यसले कुनै न कुनै किसिमले समाज परिवर्तनका निम्ती भूमिका खेलेको मुल्याङ्कन गर्दै तत्कालिन समयमा गरबी र आर्थिक अभावका कारण शिक्षाबाट बन्चित विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने उदेश्यका साथ प्रोजेक्ट होप सन्चालनमा ल्याइएको हो । होप मार्फत १ ब्यक्तीले १ विद्यार्थीलाई १ बर्षको अवधीका निम्ती पूर्ण छात्रवृत्ति प्रदान गर्न सक्नेछन । जसको सारांश मानिसहरुलाई ब्यवहारिक परोपकारमा संलग्न गराई विद्यार्थीको शौक्षिक गुणस्तर अभिबृद्धि गर्नु हो ।
प्रमुख उदेश्य?
हाम्रो उदेश्य विभिन्न कारणवस अध्ययन गर्न नपाइरहेका बाल-बालिकाको आशा (HOPE) लाई शौक्षिक अवसर प्रदान गरी मुलत राष्ट्रलाईनै साक्षर बनाउने हो ।
कसरी सन्चालन भई रहेको छ?
यो अभियान ब्यक्तिगत दाताहरुबाट सन्चालन भइेरहेको छ । अर्थात १ जना ब्यक्तिगत दाताले १ जना विद्यार्थीलाई १ बर्ष अवधीका निम्ती अध्ययन गर्न लाग्ने शौशिक तथा अन्य सामाग्री प्रदान गरी वा सामाग्री किन्नका निम्ती आवश्यक पर्ने रकम संस्था मार्फत विद्यार्थीलाई उपलब्ध गराइ सन्चालन भइेरहेको छ । यस अभियानलाई ब्यबस्थित गर्न संस्थाका स्वयम सेवकहरु परिचालन गरिएको छ ।
विद्यार्थी छनोट प्रकृया?
यस अभियान पूर्ण सामाजिक भएकोले विद्यार्थीलाई इस्पोनसर गर्ने दाताको निगरानीमा सोलिडारिटी नेपालद्वारा गठित विद्यार्थी छनोट समितिबाट विद्यार्थी छनोट गरिएको छ ।
छात्रवृत्ति अवधी ?
यसको अवधी पूर्ण एक बर्षको हुनेछ । विद्यार्थीको शौक्षिक नतिजालाई आधार मानेर पूर्ण नविकरण गर्न सकिनेछ ।
होपमा सहभागी हुने प्रकृया ?
सोलिडारिटी नेपालको कार्यालय वा ईमेल वा होप प्रोजेक्टका कुनै पनि अभियानकर्तालाई सिधै संम्पर्क गरी सहभागी हुन सकिनेछ ।
हामीले यो अभियानको पहिलो चरणमा एक सय ब्यक्तिगत दाता र एक सय बाल-बालिका तथा अन्त्यमा एक हजार ब्यक्तिगत दाता र एक हजार बाल-बालिका बिच एकता गराउने प्रयास गरीरहेका छौ । प्रोजेक्ट होप नेपालको अती विकट जिल्ला डोल्पा, कालिकोट, हुम्ला र जुम्लाका बाल-बालिकालाई लक्षित गरी स्थापना गरिएको हो । प्रोजेक्ट होप मार्फत ब्यवहारिक परोपकारमा सहभागी बनी समाज रुपान्तरणको अभियानमा जुटौ ।
थप संपर्कको लागि:
सोलिडारिटी नेपाल
काठमाडौं, नेपाल
फोन न +९७७-१-२२९९६८८
Congratulation
Innovative concept
thanks