सुजन मगर, दोलखा । समाजमा रहेका अनार्थ, आपङ, दलित तथा अति विपन्न वर्गलाई शिक्षा, स्वास्थ्य र मानव अधिकारको क्षेत्रमा सह्योग गर्ने मुल उदेश्यका साथ स्थापित सोलिडारिटी नेपाल तथा युवा बिकासमा केन्द्रित रोट्रयाक्ट क्लब अफ काठमाडौंको संयुक्त आयोजनामा दोलखा प्रोजेक्ट २०१४ सम्पन्न भएको छ । दोलखा जिल्लाको बिकट गा.वि.स, हावामा अवस्थित श्री दुम्शीझाङ निम्न माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई करिब ५० हजार वरावरको कापी, कलम, कपडा, झोला, डिक्सनेरी, खेलकुद सामाग्री तथा अन्य शौक्षिक सामाग्रीहरु वितरण गरीएको हो ।
गत बर्ष देखी सन्चालन हुँदै आइरहेको कार्यक्रममा अती गरीब तथा जेहेन्दार ८ जना छात्रालाई सोलिडारिटी नेपालको रुद्रमान छात्रबृत्ति अक्षयकोष अन्तर्गत कक्षा १० सम्मको निम्ती पूर्ण छात्रबृत्तिकाको घोषणा तथा यस बर्षको निम्ती आवश्यक सम्पूर्ण शौक्षिक सामाग्रीहरु बितरण गरिएको थियो । त्यसको अलबा अतिरिक्त कृयाकलापहरुमा उत्कृष्ट, प्रत्यक कक्षाका जेहेन्दार तथा अन्य गरीब विद्यार्थीलाई समेत बिशेष सम्मान तथा शौक्षिक सामाग्री बितरण गरिएको थियो ।
कार्यक्रम हाल अमेरिकामा रहेकी नेपाली चेली मेनुका कार्की तथा सोलिडारिटी इन्टरनेशनलको बिशेष आर्थिक सहयोगमा सम्पन्न भएको थियो भने उक्त कार्यक्रममा सोलिडारिटी नेपाल तथा रोट्रयाक्ट क्लब अफ काठमाडौंका अध्यक्ष राजेन्द्र गौतम, सोलिडारिटी नेपालका सहसचिब कमल पौडेल, रोट्रयाक्ट क्लब अफ काठमाडौंका सदस्य द्वय प्रभाकर पन्त तथा सुनिल फुयालको उपस्थिति रहेको थियो ।
(श्रोत: डिसी नेपाल डट कम, सिमाना पारी डट कम, जन पुकार डट कम आदी )