संस्थागत पहलमा बाग्लुङमा डिक्सनेरी बैंक तथा पुस्तकालय स्थापना

DSC07394५ कात्तिक, बाग्लुङ । राष्ट्रिय सम्वृद्धिका लागि युवा एकता भन्ने मुल नाराका साथ स्थापित मातृभूमीका लागि युवा अभियान नेपाल र अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलको सहयोगमा युवा बिकासमा केन्द्रित रोट्रयाक्ट क्लब अफ काठमाडौं र सोलिडारिटी नेपालले बाग्लुङ जिल्लाको बिकट गा.वि.स सल्यानमा डिक्सनेरी बैंक तथा बाल मैत्री पुस्तकालय स्थापना गरेको छ ।

गत हप्ता बाग्लुङमा आयोजित एक कार्यक्रमका बिच धौलागिरी बिद्धालयमा १५० डिक्सनेरी सहितको डिक्सनेरी बैंक तथा १००० पुस्तक सहितको बालमैत्री पुस्तकालय स्थापना गरिएको हो । साथैसो अवसरमा अती गरीब तथा जेहेन्दार विद्यार्थीलाई होप छात्रवृत्तिबाट समेत सम्मान गरिएको थियो ।

कार्यक्रम सोलिडारिटी नेपाल तथा रोट्रयाक्ट क्लब अफ काठमाडौंका अध्यक्ष एवम मातृभूमीका लागि युवा अभियान नेपालका केन्द्रिय सद्स्य राजेन्द्र गौतम, बिभिन्न बिद्धालयका प्र.अ, शिक्षक – शिक्षिका, समाजसेवी, अभिभावक एवम विद्यार्थीको उपस्थितिमा सम्पन्न गरिएको हो ।

DSC07362 DSC07383

साथै कार्यक्रमका बिचमा डिक्सनेरी बैंक तथा पुस्तकालय ब्यवस्थापन गर्न सोलिडारिटी नेपालका अध्यक्ष राजेन्द्र गौतमको संरक्षकत्व तथा जिवन शर्मा अध्यक्ष रहेको ११ सदशिय डिक्सनेरी बैंक तथा पुस्तकालय ब्यवस्थापन समिती गठन गरिएको छ ।

DSC07403 DSC07363

कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षक गौतमले बिद्धालयले डिक्सनेरी बैंक तथा पुस्तकालयको उचित ब्यवस्थापन गर्नेमा आफु पूर्ण विश्वस्त रहेको जानकारी दिदै यसले विद्यार्थीको शौक्षिक गुणस्तर ब्रिद्धी गर्ने सेमत जानकारी दिए । साथै आगामी दिनमा समेत बिद्धालयको बिकासका निम्ती आफुले सक्दो पहल गर्ने बताउदै डिक्सनेरी बैंक तथा पुस्तकालय स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेकोमा मातृभूमीका लागि युवा अभियान नेपाल र सोलिडारिटी इन्टरनेशनललाई धन्यवाद प्रदान गरे ।

(श्रोत: डिसी नेपाल डट कमनेपाली टाईम्स अष्ट्रेलिया, इे बाग्लुङ न्युजगुल्मी टाइम्स डट कमअन्लाईन खबर डट कम, बुटवल अन्लाईन आदी )

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s