अस्मिता स्मृति पुरस्कार २०१४ पुनलाई

Asmita Thapa Award 2014डिसेम्बर ३०, गुल्मी । सोलिडारिटी नेपालले बर्ष २०१४ को अस्मिता स्मृति पुरस्कार गुल्मीकी सिम्रन पुनलाई प्रदान गरेको छ । गुल्मी जिल्लाको श्री हराचोउर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत पुन बिद्यालयकी जेहनदार छात्राहरु मध्यकी एक हुन । विद्यालयद्वारा डिसेम्बर २८ र २९ मा आयोजित बार्षिक उत्शब कार्यक्रमका बिच पुनलाई नगद रु ५,००० सहित सम्मान पत्र प्रदान गरिएको हो । काठमाडौंको ब्रिहस्पती बिध्यासदनमा कक्षा ८ मा अध्यनरत अस्मिताको २०६८-४-१ मा असमाहिक निधन भएको थियो ।

गत बर्ष २०१३ को अस्मिता स्मृति पुरस्कारको उपाधी समेत पुनलेनै हासिल गरेकी थिइन ।

शोकलाई शक्तीमा बदल्न सोलिडारिटी नेपालले उनको परिवारको आर्थिक सहयोगमा अस्मिता स्मृति पुरस्कारको स्थापना गरेको थियो ।

Advertisements