राहत अभियानमा सकृय हुँदै सोलिडारिटी इन्टरनेशनल, थप अभियान सन्चालनको तयारीमा

IMG_3793१७ जेठ, काठमाडौं । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले रोट्रयाक्ट क्लब अफ काठमाडौं, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल एवम भुटानको सहकार्यमा आठ जिल्लामा पन्ध्र वटा भुकम्प राहत अभियान सम्पन्न गरेको छ । सिन्धुपाल्चोकको सिपापोखरेबाट अभियानको सुरुवात गरेको संस्थाले सिन्धुपाल्चोकको तउथली, भोटेचौर, काठमाडौंको थानकोट, काभ्रेको भिन्दाल, भक्तपुरको सिरुटार, ललितपुरको डुकुछाप, ठुला दुर्लुङ, गोर्खाको लग्ङ्दी, नुवाकोटको कुमारी, चौगडा, तलेखु तथा दोलखाको हावामा १० श्वास्थ शिविर तथा १५ वटा खाध्यान्न बितरणका कार्यक्रम सम्पन्न गरेको हो ।

अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, मलेशिया, दुबइ तथा हङकङमा आफ्नो सन्जाल बिस्तार् गरेको सोलिडारिटीले भुकम्पबाट अत्यन्त प्रभावित जिल्लाहरुको मध्यनजर गर्दै अभियानको सुरुवात गरेको थियो । हाल सम्म संस्थाले करिब १५०० परिवारका निम्ती खाध्यान्न वितरण गरेको छ । त्यस्तै संस्थाबाट आयोजित श्वास्थ शिविरबाट छ जिल्लामा ३००० बडी बिरामी  लावान्भित भएको जनाइएको छ ।

2 1 DSC099011 DSC09956 2 2 DSC00074 DSC00080 DSC00082 DSC00083 6 2 1 DSC00169 DSC00230 DSC00271 3 DSC00298 DSC00563 1 DSC00519 1 DSC00449 DSC00616 DSC00633 1 2 1.1 1 3 DSC01150 3 (1) 3 (2) DSC00874 DSC00957 DSC01012

हाल सम्म आफुहरु भुकम्प प्रवाभित हरुको गासको सुरक्षामा तल्लिन भएको जनाउदै अबको दिनहरुमा पुनर्निर्माणका कामहरुमा सरिक हुने सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए ।

त्यस्तै संस्थाले दोलखा जिल्लाको हावा गा वि स मा अवस्थित श्री दुम्शीझाङ निम्न माध्यामिक बिद्यालय पुनर्निर्माणको काम अगाडी बडाइ सकिएको जानकारी दिदै थप सहयोगका लागि अपिल गरेको छ ।

सोलिडारिटीद्वारा सिन्धुपाल्चोकमा राहत बितरण, थप सहयोगका लागि अपिल

DSC09641१७ वैशाख, सिन्धुपाल्चोक । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले महाभूकम्पबाट अत्यन्त प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको सिपापोखरे गा वि स मा राहत वितरण गरेको छ । विभिन्न युवा संघ संस्थाहरु रोट्रयाक्ट क्लब अफ काठमाडौं, रोट्रयाक्ट क्लब अफ इस्ट सेन्ट्रल युनिभर्सिटी र सिपापोखरेमा अवस्थित संस्था सिन्धु उत्थान केन्द्रको पहलमा कार्यक्रम आयोजना गरिएको हो । हालसम्म कुनै सरकारी तथा अन्य निकायको सहयोग नपुगेको उक्त गाउमा चार संस्थाको सकृयतामा एक सय घरधुरीलाई खाध्यान्न, टेन्ट लगायत अन्य अती आवश्यक बस्तुहरु वितरण गरिएको हो । सिन्धुपाल्चोकको विकट क्षेत्रमा अवस्थित सिपापोखरेमा गत शनिबार गएको महाभुकम्पबाट त्यहा रहेका करिब नौ सय घर धुरी मध्य करिब आठ सय घरहरु पूर्ण रुपले क्षेती ग्रस्त छन ।

DSC09597 DSC09611

पहिलो चरणको राहत सिपापोखरेको वडा न ६ र ८ का बासिन्दालाई वितरण गरिएको र अब हुने अन्य चराणका सहयोगहरु यसै गरी अन्य वडामा बाडिने र सम्पूर्ण भुकम्पबाट पीडितलाई राहत उपलब्ध गराउने प्रयास रहेको सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए ।

IMG_3793IMG_3893

हाल सिन्धुपाल्चोकमा श्वास्थ भन्दा पनि ओत लाग्नको निम्ती त्रिपाल र भोक टार्नको निम्ती खाध्यान्न अत्यन्त आवश्यक रहेकोले थप खाध्यान्न सन्कलन गर्न सिन्धुपाल्चोक गएको सोलिडारिटीको टोली काठमाडौं फर्किएको समेत जानकारी दिए ।

DSC09614तत्काल सिपापोखरेमा भुकम्पबाट ज्यान जोगिएकाहरुलाई बचाउन जरुरत रहेको भन्दै गौतमले करीब ८०० बोरा चामल, दाल तथा टेन्ट अती आवश्यक रहेको र उक्त गा वि स मा ज्यान गुमाउनेहरुको पूर्ण तथ्यान्क बाहीर आइे नसकेको समेत जानकारी दिए ।

सोलिडारिटी इन्टरनेशनलले भुकम्पबाट पीडितको राहतको लागि भुकम्प राहत कोष स्थापना गरेको साथै उक्त कार्यक्रम गर्न सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिदै आगामी चरणको कार्यक्रममा समेत सहयोग गर्न अपिल गरेको छ ।