१७ जेठ, काठमाडौं । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले रोट्रयाक्ट क्लब अफ काठमाडौं, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल एवम भुटानको सहकार्यमा आठ जिल्लामा पन्ध्र वटा भुकम्प राहत अभियान सम्पन्न गरेको छ । सिन्धुपाल्चोकको सिपापोखरेबाट अभियानको सुरुवात गरेको संस्थाले सिन्धुपाल्चोकको तउथली, भोटेचौर, काठमाडौंको थानकोट, काभ्रेको भिन्दाल, भक्तपुरको सिरुटार, ललितपुरको डुकुछाप, ठुला दुर्लुङ, गोर्खाको लग्ङ्दी, नुवाकोटको कुमारी, चौगडा, तलेखु तथा दोलखाको हावामा १० श्वास्थ शिविर तथा १५ वटा खाध्यान्न बितरणका कार्यक्रम सम्पन्न गरेको हो ।
अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, मलेशिया, दुबइ तथा हङकङमा आफ्नो सन्जाल बिस्तार् गरेको सोलिडारिटीले भुकम्पबाट अत्यन्त प्रभावित जिल्लाहरुको मध्यनजर गर्दै अभियानको सुरुवात गरेको थियो । हाल सम्म संस्थाले करिब १५०० परिवारका निम्ती खाध्यान्न वितरण गरेको छ । त्यस्तै संस्थाबाट आयोजित श्वास्थ शिविरबाट छ जिल्लामा ३००० बडी बिरामी लावान्भित भएको जनाइएको छ ।
हाल सम्म आफुहरु भुकम्प प्रवाभित हरुको गासको सुरक्षामा तल्लिन भएको जनाउदै अबको दिनहरुमा पुनर्निर्माणका कामहरुमा सरिक हुने सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए ।
त्यस्तै संस्थाले दोलखा जिल्लाको हावा गा वि स मा अवस्थित श्री दुम्शीझाङ निम्न माध्यामिक बिद्यालय पुनर्निर्माणको काम अगाडी बडाइ सकिएको जानकारी दिदै थप सहयोगका लागि अपिल गरेको छ ।