१७ वैशाख, सिन्धुपाल्चोक । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले महाभूकम्पबाट अत्यन्त प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको सिपापोखरे गा वि स मा राहत वितरण गरेको छ । विभिन्न युवा संघ संस्थाहरु रोट्रयाक्ट क्लब अफ काठमाडौं, रोट्रयाक्ट क्लब अफ इस्ट सेन्ट्रल युनिभर्सिटी र सिपापोखरेमा अवस्थित संस्था सिन्धु उत्थान केन्द्रको पहलमा कार्यक्रम आयोजना गरिएको हो । हालसम्म कुनै सरकारी तथा अन्य निकायको सहयोग नपुगेको उक्त गाउमा चार संस्थाको सकृयतामा एक सय घरधुरीलाई खाध्यान्न, टेन्ट लगायत अन्य अती आवश्यक बस्तुहरु वितरण गरिएको हो । सिन्धुपाल्चोकको विकट क्षेत्रमा अवस्थित सिपापोखरेमा गत शनिबार गएको महाभुकम्पबाट त्यहा रहेका करिब नौ सय घर धुरी मध्य करिब आठ सय घरहरु पूर्ण रुपले क्षेती ग्रस्त छन ।
पहिलो चरणको राहत सिपापोखरेको वडा न ६ र ८ का बासिन्दालाई वितरण गरिएको र अब हुने अन्य चराणका सहयोगहरु यसै गरी अन्य वडामा बाडिने र सम्पूर्ण भुकम्पबाट पीडितलाई राहत उपलब्ध गराउने प्रयास रहेको सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए ।
हाल सिन्धुपाल्चोकमा श्वास्थ भन्दा पनि ओत लाग्नको निम्ती त्रिपाल र भोक टार्नको निम्ती खाध्यान्न अत्यन्त आवश्यक रहेकोले थप खाध्यान्न सन्कलन गर्न सिन्धुपाल्चोक गएको सोलिडारिटीको टोली काठमाडौं फर्किएको समेत जानकारी दिए ।
तत्काल सिपापोखरेमा भुकम्पबाट ज्यान जोगिएकाहरुलाई बचाउन जरुरत रहेको भन्दै गौतमले करीब ८०० बोरा चामल, दाल तथा टेन्ट अती आवश्यक रहेको र उक्त गा वि स मा ज्यान गुमाउनेहरुको पूर्ण तथ्यान्क बाहीर आइे नसकेको समेत जानकारी दिए ।
सोलिडारिटी इन्टरनेशनलले भुकम्पबाट पीडितको राहतको लागि भुकम्प राहत कोष स्थापना गरेको साथै उक्त कार्यक्रम गर्न सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिदै आगामी चरणको कार्यक्रममा समेत सहयोग गर्न अपिल गरेको छ ।