सोलिडारिटी इन्टरनेशनलको युएई च्याप्टर गठन, अध्यक्षमा ज्ञवाली

विश्वभर परिषद गठन हुँदै, संपर्कमा आउन सबैलाई आव्हान

Solidarity International Logoप्रमोद पौडेल – १६ अक्टोबर: युएई, विभेदपूर्ण समाजको अन्त्य गर्ने अभियानका साथ बिभिन्न देशमा आफ्नो सन्जाल बिस्तार गरेको सोलिडारिटी इन्टरनेशनलले युएईमा पनि आफ्नो च्याप्टर गठन गरेको छ । आज युएईमा आयोजित एक कार्यक्रममा गुरु प्रसाद ज्ञवालीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति गठन भएको हो ।

ज्ञवालीको नेतृत्वमा गठित च्याप्टरको उपाध्यक्षहरुमा लक्ष्मी पौडेल, भिम केसी, सचिवमा खम केसी, कोषाध्यक्षमा दिपक गौतम, सह-सचिबमा केशब खत्री र सद्स्यहरुमा क्रमश नारायण न्यौपाने, टेक प्रसाद र दिपक गौतम रहेका छन भने बाँकी एक सदश्यको पद पछी पुर्ती गर्ने जानकारी गराइएको छ ।

त्यस्तै कार्यक्रममा च्याप्टरको बरिस्ठ सल्लाहकारमा नेपाली जनसंपर्क समिती युएईका अध्यक्ष चित्र केसी र सल्लाहकारमा सोलिडारिटी इन्टरनेशल बिश्व परिषदका रेपिड एकशन फोर्स निर्देशक बलराम शर्मालाई नियुक्ती गरिएको छ ।