सोलिडारिटी इन्टरनेशनल युएईको बैठक सम्पन्न

Solidarity International UAEसुरज थापा – २५ अक्टोबर, २०१५ – युएई, अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनल युएईले आफ्नो  मासिक बैठक सम्पन्न गरेको छ । रस अलखेमा च्याप्टरका अध्यक्ष गुरु प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बैठकमा च्याप्टरको सल्लाहकार तथा सोलिडारिटी इन्टरनेशल बिश्व परिषदका रेपिड एकशन फोर्स निर्देशक बलराम शर्मा, उपाध्यक्ष लक्ष्मी पौडेल, सचिव खम केसी र कोषाध्यक्ष दिपक गौतमको उपस्थिति रहेको थियो ।

हामी नेपाललाई रुपान्त्रण भएको देख्न चाही रहेका छौ, र त्यो हामी सबैको ऐकबद्धता भए सम्भव हुने अध्यक्ष ज्ञवालीले बताए । बिदेशमा रहेका प्रत्येक नेपालीले हातेमालो जनाएर सोलिडारिटी इन्टरनेशनलको सामाजिक अभियानलाई सहयोग गरे नेपालका बिभिन्न ग्रामीण जिल्लाहरुमा परोपकारी कामहरु गर्न सकिने बिश्व परिषद रेपिड एकशन फोर्स निर्देशक बलराम शर्माले थपे । विभेदपूर्ण समाज उन्मूलनको लागि आफुहरुले चलाईरहेको अभियान उत्कृष्ट रहेको भन्दै, सो अभियानलाई थप सहयोग पुर्याउन सबैको आबश्यकता रहेको र नेपालको डोल्पा जिल्लामा सन्चालन गर्न लागेको प्रोजेक्ट होप सन्चालनको निम्ती सबैले सक्दो सहयोग गर्नु पर्ने कोषाध्यक्ष दिपक गौतम जानकारी दिए ।

त्यस्तै बैठकले रिक्त रहेको सद्स्य पदमा रमेश पौड्याललाई सर्बसम्मतले नियुक्ती गरेको छ ।