सोलिडारिटी इन्टरनेशनल मलेसिया च्याप्टर पुर्नगठन : अध्यक्षमा कृष्ण ज्ञवाली चयन

Solidarity International Logoप्रमोद पौडेल – २६ अक्टोबर, २०१५ – पासा वेष्टपोर्ट, मलेसिया । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनल मलेसिया पुर्नगठन सँगै च्याप्टरको नयाँ अध्यक्षमा कृष्ण ज्ञवाली चयन भएका छन् । मलेसियाको पासा वेष्टपोर्टमा सम्पन्न भएको दोस्रो अधिवेशनले ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । एस आइ मलेसियाका निवर्तमान अध्यक्ष प्रेम गौतमलाई बिश्व परिषदको उपाध्यक्षमा ताने सँगै करिब छ महिना देखी अध्यक्ष पद रिक्त थियो । नब निर्बाचित सोलिडारिटी इन्टरनेशनल मलेसियाको उपाध्यक्षमा राम प्रसाद गौतम र घन्श्याम शर्मा, सचिवमा राम प्रसाद छेत्री, कोषाध्यक्षमा गणेश भण्डारी, सह-सचिबमा कृष्ण प्रसाद गैरे चयन भएका छन् । यसैगरी सदस्यहरूमा  खगेश्वोर पाठक, मदन पौडेल, दिल बहादुर खत्री, मदन छेत्री र मन बहादुर छेत्री रहेका छन् । अधिबेशन सम्पन्न भए लगतै बसेको समितिको प्रथम बैठकले विभिन्न सामाजिक निर्णय गरेको बुझिएको छ।

जुन १५, २०१३ मा स्थापना भएको च्याप्टरले नेपालमा बिभिन्न सामाजिक कार्यक्रम सन्चालनको निम्ती सहयोग गर्दै आइ रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नव निर्बाचित अध्यक्ष ज्ञवालीले मुलुक बाहिर छरिएर रहेका सम्पुर्ण समाज-सेवीहरुलाई समेट्ने योजना र प्रवासमा पनि सामाजिक अभियानमा अभिरुचि राख्ने सवैलाई एउटै छातामा समेट्ने हेतुले सोलिडारिटी इन्टरनेशनल मलेसियाको स्थापना भएको बताएका थिय ।

बिभेदपूर्ण समाजको अन्त्य गर्ने अभियानका साथ स्थापित सोलिडारिटी इन्टरनेशनलले अमेरिका, युएई, जापान, नेपाल, अष्ट्रेलिया, हङकङ लगाएतका देशहरुमा आफ्नो च्याप्टर बिस्तार गरी सकेको छ ।

त्यस्तै संस्थाले डोल्पा जिल्लामा प्रोजेक्ट होप मार्फत एक सय ब्यक्तिगत दाताहरुको सहयोगमा एक सय बालबालिकालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने तयारी गरीरहेको सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए ।