सोलिडारिटी इन्टरनेशनल अमेरिकाद्वारा नयाँ प्रोजेक्ट घोषणा, सहयोगका लागि सबैलाई अपिल

Solidarity International USA  प्रमोद पौडेल – २८ अक्टोबर, २०१५ – हौस्टन्, टेक्स्सास । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलको अमेरिका स्थित च्याप्टर सोलिडारिटी इन्टरनेशनल अमेरिकाले नयाँ प्रोजेक्ट घोषणा गरेको छ । टेक्स्सास स्थित आफ्नो कार्यालयमा सोलिडारिटी इन्टरनेशनल बिश्व परिषदका बरिस्ठ उपाध्यक्ष तथा सोलिडारिटी इन्टरनेशनल अमेरिकाका सल्लाहकार केशव सुबेदीको नेतृत्वमा बसेको बिशेष बैठकले वान डलर अ डे फर अरफान्स एजुकेशन इन नेपाल नामक अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।

बैठकमा सोलिडारिटी इन्टरनेशनल बिश्व परिषदका नर्थ अमेरिका डिरेक्टर तथा सोलिडारिटी इन्टरनेशनल अमेरिकाका सल्लाहकार दमन राज शाही तथा बिश्व परिषदकै फाउन्डेशन डिरेक्टर तथा सोलिडारिटी इन्टरनेशनल अमेरिकाका सल्लाहकार राज शर्माको पनि उपस्थिति रहेको थियो ।

त्यस्तै सोलिडारिटी इन्टरनेशनल अमेरिकाका बरिस्ठ उपाध्यक्ष क्षितिज थापा, उपाध्यक्ष भिम खत्री, सकृय सदस्य कमल कुँवरको सहभागीता थियो भने अन्य पदाधिकारीहरु स्टेट बाहिर रहेको कारण बैठकमा उपस्थित हुन नसकेको जानकारी गराइएको छ । SI USA 2

सोलिडारिटी इन्टरनेशनल बिश्व परिषदले भुकम्प पछी नेपालमा गरेको राहत तथा पुनर्निर्माण अभियानका निम्ती सोलिडारिटी इन्टरनेशनल अमेरिकाले गरेको आर्थिक सहयोगको उच्च मुल्याङ्कन गर्दै बरिस्ठ उपाध्यक्ष केशव सुबेदीले हाल सन्चालन गर्न लागेको अभियानमा दिनको एक डलर नेपालका अनार्थ बालबालिकाको शिक्षाको निम्ती छुट्याउन आग्रह गरे । अमेरिका बाहेकका देशहरुमा त्यहाँको स्थानिय पैसा अनुसार दिनको १ सन्कलन गर्न सकिने बताए ।

यस अभियानका अभियानकर्ता समेत रहेका सुबेदीले इछुक ब्यक्तीले एक बर्ष देखी पाँच बर्ष सम्म अभियानलाई सहयोग गर्न सक्ने बताउदै बिदेशमा रहेका सोलिडारिटी इन्टरनेशनलका सम्पूर्ण च्याप्टरलाई सहयोगको निम्ती अपिल गर्ने बताए ।

बिदेशमा रहेका प्रत्येक नेपालीले हातेमालो जनाएर सोलिडारिटी इन्टरनेशनलको सामाजिक अभियानलाई सहयोग गरे नेपालका बिभिन्न ग्रामीण जिल्लाहरुमा परोपकारी कामहरु गर्न सकिने सोलिडारिटी इन्टरनेशनल बिश्व परिषदका नर्थ अमेरिका डिरेक्टर दमन राज शाहीले थपे ।

SI USA 3विभेदपूर्ण समाज उन्मूलनको लागि आफुहरुले चलाईरहेको अभियान उत्कृष्ट रहेको भन्दै, सो अभियानलाई थप सहयोग पुर्याउन सबैको आबश्यकता रहेको सोलिडारिटी इन्टरनेशनल बिश्व परिषदका फाउन्डेशन डिरेक्टर राज शर्माले थपे ।

त्यस्तै मुलुक बाहिर छरिएर रहेका सम्पुर्ण समाज-सेवीहरुलाई समेट्ने योजना र प्रवासमा पनि सामाजिक अभियानमा अभिरुचि राख्ने सवैलाई एउटै छातामा समेट्ने हेतुले सोलिडारिटी इन्टरनेशनल अमेरिकाको स्थापना भएको सोलिडारिटी इन्टरनेशनल अमेरिकाका बरिस्ठ उपाध्यक्ष क्षितिज थापाले जानकारी दिए ।

त्यस्तै गरी बैठकले विभिन्न सामाजिक निर्णय गर्दै गुल्मी हराचोउर ४, झारखर्कमा अवस्थित श्री बालबोध निम्न माध्यमिक बिधालयमा डिक्सनेरी बैंक तथा बाल मैत्री पुस्तकालय निर्माणको लागि अभियान चलाउने गर्ने निर्णय गरेको छ ।

साथै बैठकले वान डलर अ डे फर अरफान्स एजुकेशन इन नेपालका अभियानकर्ता द्वय बरिस्ठ उपाध्यक्ष सुबेदी र फाउन्डेशन डिरेक्टर राज शर्मालाई अभियानको सुरुवातमै आर्थिक सहयोगको घोषणा गरेकोमा धन्यवाद प्रकट गरेको छ । सुबेदी र शर्माले बिगत लामो समयदेखी सोलिडारिटी इन्टरनेशनलका सामाजिक अभियानमा आर्थिक सहयोग गर्दै आइ रहेको जनाइएको छ ।