भोला सिलवाल – ९ माघ, काठमाडौं । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले भूकम्पबाट आफ्ना अभिभावक गुमाएका बालबालिकाको शिक्षाको निम्ती प्रोजेक्ट होप – एक दाता, एक विद्यार्थी छात्रवृत्ति कार्यक्रममा सहभागी हुन सबैमा अपिल जारी गरेको छ । काठमाडौंमा आज बसेको बिश्व परिषद बैठकले तत्काल बालबालिकाको सहयोगार्थ अभियानलाई ससक्त रुपमा सन्चालन गर्ने निर्णय गरेको हो ।
प्रोजेक्ट होप मार्फत सोलिडारिटी इन्टरनेशनलले केही बर्ष देखी नेपालका बिभिन्न जिल्लाका गरीब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै आई रहेको छ । अबको अभियान मनकारी नेपाली र भुकम्प पीडित बालबालिकालाई सिधै जोड्ने प्रयास भएको सोलिडारिटी इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए ।
कार्यक्रम होप मार्फत दाताले विद्यार्थीलाई एक बर्ष सम्म अती आवश्यक पर्ने शौक्षिक सामाग्री दान गर्न सक्ने बताइएको छ । अभियान गोरखा, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट र काभ्रे जिल्लामा सन्चालन गर्ने निर्णय गरिएको हो ।
संस्थाले यस अभियानको पहिलो चरणमा एक सय ब्यक्तिगत दाता र एक सय बालबालिका बिच एकता गराउने प्रयास गरीरहेको र आफ्ना सम्पूर्ण राष्ट्रिय परिषदहरुमा समेत सहयोगका लागि अपिल जारी गरीसकेको सोलिडारिटी इन्टरनेशनलका महासचिब ओम खत्रीले जानकारी दिए ।
नेपाल सहित बिश्वका बिभिन्न देशहरुमा आफ्नो सन्जाल बिस्तार गरेको सोलिडारिटी इन्टरनेशनलले नेपालका ग्रामीण जिल्लाहरुमा केही बर्ष देखी सामाजिक अभियानहरु सन्चालन गर्दै आईरहेको छ ।
(साभार: जनपुकार, नेपाल ब्रिटेन, समुद्रपारी)