सोसियल इनोभेसन अवार्डबाट तिन युवा पुरस्कृत हुँदै

भोला सिलवाल – २४ मंसिर, काठमाडौं । नेपाल स्विजरल्याण्ड इनोभेसन सेन्टर, एन एस आइ सि ले २०१५ को सोसियल इनोभेसन अवार्डबाट तीनजना युवालाई सम्मान गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सेन्टरले कृषि पेशा अङगाली दृष्‍टिबिहिन बालबालिकाको हक हितका निम्ती काम गरिरहेका पर्साका २७ बर्षिय लेखराज चौधरी, दलित अधिकारको निम्ती कार्यरत रामेछापकी २९ बर्षिय जमुना बिक र ग्रामिण जिल्लाका बालबालिकाको शिक्षाको निम्ती कृयाशिल बाग्लुङका २४ बर्षिय राजेन्द्र गौतमलाई अवार्ड प्रदान गर्न लागिएको जनाएको हो ।

चौधरी शिक्षक पेशामा समेत आबद्ध छन । बिक दलित अधिकारकर्मीको रुपमा महिलाहरुललाई आत्मनिर्भर बनाउने कार्यमा सङ्लग्न रहेको तथा गौतम प्रोजेक्ट होप मार्फत नेपालका बिभिन्न ग्रामीण जिल्लाका गरीब तथा जेहेन्दार बालबालिकालाई छात्रबृत्ति प्रदान गर्न सकृय छन । साथै उनी अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलका प्रमुख समेत रहेको जानकारी दिइएको छ ।

पुरुस्कारको राशी जनही एक लाख रुपैयाँ र सम्मान पत्र रहने एन एस आइ सिका प्रबक्ता जनक थापाले जानकारी दिए ।

अवार्ड जनवरी पहिलो साता काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने जानकारी दिइएको छ ।

(साभार: स्विस्स नेपाल, जनपुकार, नमस्ते यूरोप)

Advertisements