सोलिडारिटी इन्टरनेशनलले थप दुई बिद्यालय पुनर्निर्माण गर्ने

Solidarity International Logo१ असार काठमाडौं । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले सम्भव फाउन्डेशनको सहकार्यमा नुवाकोट र दोलखामा गरी थप दुई बिद्यालय पुनर्निर्माण गर्ने भएको छ ।

पिस फाउन्डेशन यूके र डेन्मार्कको करीब २३ लाख रुपैयाँ आर्थिक सहयोगमा नुवाकोटको शान्ती निम्न माध्यामिक बिद्यालय र दोलखाको सरस्वती निम्न माध्यामिक बिद्यालय पुनर्निर्माण गर्न लागिएको जानकारी दिइएको हो ।

नेपाल सहित बिश्वका विभिन्न देशहरुमा आफ्नो च्याप्टर स्थापना गरेको सोलिडारिटीले यस बर्ष मात्रै भुकम्पबाट क्षती ग्रस्त अन्य १० बिद्यालयहरु पुनर्निर्माण गरी सकेको सोलिडारिटी इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए ।

सोलिडारिटी इन्टरनेशनलले बिद्यालय पुनर्निर्माणमा सहयोग गर्ने

Solidarity International Logo७ असार, काठमाडौं । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले भुकम्पबाट क्षती ग्रस्त पाँच जिल्लाका दश बिद्यालय पुनर्निर्माण गर्ने भएको छ । काठमाडौंमा आज बसेको बिश्व परिषद बैठकले सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, गोरखा र रामेछाप जिल्लामा भुकम्पबाट क्षती ग्रस्त दुई/दुई बिद्यालय पुनर्निर्माण गर्ने निर्णय गरेको हो।

भुकम्पबाट क्षती ग्रस्त आठ जिल्लाहरु सिन्धुपाल्चोकको सिपापोखरे, तोउथली, भोटेचौर, काठमाडौंको थानकोट, काभ्रेको भिन्दाल, भक्तपुरको सिरुटार, ललितपुरको डुकुछाप, ठुला दुर्लुङ, गोर्खाको लग्ङ्दी, नुवाकोटको कुमारी, चौगडा, तलेखु तथा दोलखाको हावा गरी हाल सम्म पन्ध्र वटा राहत बितरणका कार्यक्रम तथा दश वटा श्वास्थ शिविर आयोजन सम्पन्न गरीएको बिश्व परिषद निर्देशक सागर सापकोटाले जानकारी दिए ।

त्यसैगरी बिश्व परिषदले आफ्ना मातहतका सम्पूर्ण राष्ट्रिय परिषदहरुलाई पुनर्निर्माण अभियानमा सहयोग गर्न सर्कुलेशन जारी गरिएको सोलिडारिटी इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए ।