७ असार, काठमाडौं । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले भुकम्पबाट क्षती ग्रस्त पाँच जिल्लाका दश बिद्यालय पुनर्निर्माण गर्ने भएको छ । काठमाडौंमा आज बसेको बिश्व परिषद बैठकले सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, गोरखा र रामेछाप जिल्लामा भुकम्पबाट क्षती ग्रस्त दुई/दुई बिद्यालय पुनर्निर्माण गर्ने निर्णय गरेको हो।
भुकम्पबाट क्षती ग्रस्त आठ जिल्लाहरु सिन्धुपाल्चोकको सिपापोखरे, तोउथली, भोटेचौर, काठमाडौंको थानकोट, काभ्रेको भिन्दाल, भक्तपुरको सिरुटार, ललितपुरको डुकुछाप, ठुला दुर्लुङ, गोर्खाको लग्ङ्दी, नुवाकोटको कुमारी, चौगडा, तलेखु तथा दोलखाको हावा गरी हाल सम्म पन्ध्र वटा राहत बितरणका कार्यक्रम तथा दश वटा श्वास्थ शिविर आयोजन सम्पन्न गरीएको बिश्व परिषद निर्देशक सागर सापकोटाले जानकारी दिए ।
त्यसैगरी बिश्व परिषदले आफ्ना मातहतका सम्पूर्ण राष्ट्रिय परिषदहरुलाई पुनर्निर्माण अभियानमा सहयोग गर्न सर्कुलेशन जारी गरिएको सोलिडारिटी इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए ।