२०७३ भदौ ५, बुटवल । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले बुटवलमा रहेको नेपाल अपाङ्ग आश्रमलाई सहयोग गरेको छ ।
आश्रममा आयोजित एक कार्यक्रममा आश्रम निर्माण गर्न अती आवश्यक पर्ने सिमेन्ट, आश्रममा आश्रित अपाङ्ग तथा अनार्थ हरुका निम्ती तेल, दाल लागयत अन्य खाध्यान हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सोलिडारिटी इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतम, निर्देशक सफि खान तथा ब्राइट फाउन्डेशन नेपालका प्रतिनिधि सुमन गौतमको उपस्थीती रहेको थियो ।
नेपाल सहित बिश्वका बिभिन्न देशहरुमा आफ्नो सन्जाल बिस्तार गरेको सोलिडारिटी इन्टरनेशनलले नेपालका बिभिन्न जिल्लाहरुमा केही बर्ष देखी सामाजिक अभियानहरु सन्चालन गर्दै आईरहेको छ ।