सोलिडारिटी द्वारा दोलखामा छात्रवृत्ति प्रदान, आगामी बर्ष सात जिल्लाका एक हजार बालबालिकालाई सहयोग गर्दै

This slideshow requires JavaScript.

९ फागुन, दोलखा । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले दोलखाको हावामा अवस्थित श्री दुम्शीझाङ निम्न माधयमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ । गत पाँच बर्ष देखी सन्चालित यस कार्यक्रममा बिधार्थीलाई स्कुल ड्रेस्स, स्वेटर, ब्याग, कापी लगायतका शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
कार्यक्रममा सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतम, सदश्य पुकार चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर कार्की, शिक्षक शिक्षिका तथा विद्यार्थीको उपस्थीती रहेको थियो ।
संस्थाले प्रोजेक्ट होप अन्तर्गत नेपालका बिभिन्न जिल्लाका सरकारी बिधालयमा अध्ययनरथ जेहेन्दार तथा आर्थिक अवस्था कम्जोर भएका बालबालिकालाई स्कुल पोशाक, स्वेटर, ब्याग, कापी तथा अन्य अती आवश्यक शैक्षिक सामाग्री बितरण गर्दै आइरहेको छ । भुकम्प पछीको पुनर्निर्माण अभियानको क्रममा करिब बिस ओटा बिधालय पुननिर्माण गरेको संस्थाले बिगत केही बर्ष अघी प्रोजेक्ट होप सन्चालनमा ल्याएको थियो ।
गत बर्ष संस्थाले बिभिन्न जिल्लाका करिब छ सय विद्यार्थीलाई सहयोग गरेको थियो भने आगामी बर्ष बाग्लुङ, गुल्मी, नवलपरासी, रुपन्देही, सिन्धुपाल्चोक, काठमाडौं र दोलखाका करिब एक हजार बालबालिकालाई सहयोग गर्ने सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए ।
नेपाल सहित बिश्वका बिभिन्न देशहरुमा आफ्नो सन्जाल बिस्तार गरेको सोलिडारिटी इन्टरनेशनलले नेपालका ग्रामीण जिल्लाहरुमा केही बर्ष देखी सामाजिक अभियानहरु सन्चालन गर्दै आईरहेको छ ।