समाजसेवी गौतमलाई ‘चेन्जमेकर अवार्ड २०१८’ प्रदान

Change Maker Award 2018९ भदौ, काठमाडौं । अन्तराष्ट्रिय सस्था जर्मन एलाएन्सले सोलिडारिटी इन्टरनेशनलका संस्थापक तथा युवा समाजसेवी राजेन्द्र गौतमलाई चेन्जमेकर अवार्ड २०१८ प्रदान गरेको छ । पुनर्निर्माण र बालबालिकाको शिक्षाको क्षेत्रमा पुर्याएको योगदान स्वरुप गौतमलाई सम्मान प्रदान गरिएको एलाएन्सले जनाएको हो ।

चेलीबेटी बेचबिखन सम्बन्धी खोज तथा अनुसन्धानका निम्ती धनकुटामा रहेका कारण अन्तरास्ट्रिय युवा दिवस २०१८ को उपलक्ष्यमा १२ अगस्टमा काठमाडौंमा आयोजित सम्मान कर्यक्रममा उपस्थित हुन नसकेका गौतमलाई एलाएन्सले पून सम्मान गरेको हो ।

पूर्व आयोजित कार्यक्रममा एलाएन्सले बातावरणको क्षेत्रमा कार्यरत तारा रोका, युवा अधिकारकर्मी मनोज बिक, कृषिको क्षेत्रमा कार्यरत मिनु भुसाल र महिला अधिकारकर्मी बेली यादवलाई समेत सम्मान गरेको थियो ।

बिगत एक दशक देखी सामाजिक अभियानमा सकृय गौतमलाई नगद रु एक लाख र सम्मान पत्र प्रदान गरिएको हो । पुरस्कार स्वरुप प्राप्त सम्पूर्ण नगद भुकम्पबाट क्षेतीग्रस्त बिद्धालयको सम्रचना  पुनर्निर्माणको निम्ती सहयोग गर्ने गौतमले घोषणा गरेका छन ।
साभार: डि सि नेपालनेपाल ब्रिटेन

जर्मन एलाएन्सले पाँच सामाजिक श्रस्टालाई चेन्जमेकर अवार्डबाट सम्मान गर्दै

२४ साउन, काठमाडौं । जर्मन एलाएन्सले अन्तरास्ट्रिय युवा दिवस २०१८ कोउपलक्ष्यमा पाँच सामाजिक श्रस्टालाईसम्मान गर्ने भएको छ ।

एलाएन्सले बिहीवार राजधानीमा पत्रकार सम्मेलन गरी बातावरणको क्षेत्रमा कार्यरतहुम्लाकी तारा रोका, युवा अधिकारकर्मी ताप्लेजुङ्का मनोज बिक, कृषिको क्षेत्रमा कार्यरत स्याङ्जाकी मिनु भुसाल,बालबालिकाको शिक्षा र पुनर्निर्माणको क्षेत्रमा कार्यरत बाग्लुङका राजेन्द्र गौतम र महिला अधिकारकर्मीनेपालगन्जकी बेली यादवलाई चेन्जमेकर अवार्ड २०१८ बाट सम्मान गर्न लागेको जनाएको हो ।

रोका वातावरण संरक्षणको क्षेत्रमा बिगत पाँच बर्ष देखी सकृय छन । उनी गत बर्ष जापानमा आयोजित बातावरणसम्बन्धी कार्यक्रममा नेपाललाई प्रतीनिधित्व गरेकी थिइन । बिक युवा सहभागीता र शशक्तीकरणको क्षेत्रमा कार्यरतछन भने भुसाल कृषिलाई बैज्ञानीक र आधुनीकरण गराउन कार्यरत छन ।

त्यसैगरी गौतम, छात्रवृत्ति कार्यक्रममार्फत नेपालका बिभिन्न जिल्लाका करिब एक हजार गरीब तथा जेहेन्दार बालबालिकालाई प्रत्यक बर्ष छात्रवृत्तिप्रदान गर्दै आई रहेका छन । उनी अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलका प्रमुख कार्यकारीअधिकृत हुन । नेपालमा गएको बिनासकारी भुकम्प पछीको पुनर्निर्माणको क्रममा बिस बिद्धालयहरु पुनर्निर्माणगरीसकेका गौतम २०१३ को राष्ट्रिय शान्ती पुरस्कार, २०१५ को सोसियल इनोभेसन अवार्ड र २०१६ को बर्ष युवापुरस्कारबाट समेत सम्मानित भई सकेका छन । त्यसै गरी यादव लामो समय देखी महिला अधिकारकर्मीको रुपमापरीचित छन ।

पुरुस्कारको राशी जनही एक लाख रुपैयाँ र सम्मान पत्र रहने एलाएन्सले जनाएको छ ।
अवार्ड साउन २७ गते अन्तरास्ट्रिय युवा दिवसका दिन एक बिशेष कार्यक्रमको आयोजना गरी काठमाडौंमा प्रदानगरिने छ ।

साभार: समुद्रपारी, साझा नेटवोर्क