जर्मन एलाएन्सले पाँच सामाजिक श्रस्टालाई चेन्जमेकर अवार्डबाट सम्मान गर्दै

२४ साउन, काठमाडौं । जर्मन एलाएन्सले अन्तरास्ट्रिय युवा दिवस २०१८ कोउपलक्ष्यमा पाँच सामाजिक श्रस्टालाईसम्मान गर्ने भएको छ ।

एलाएन्सले बिहीवार राजधानीमा पत्रकार सम्मेलन गरी बातावरणको क्षेत्रमा कार्यरतहुम्लाकी तारा रोका, युवा अधिकारकर्मी ताप्लेजुङ्का मनोज बिक, कृषिको क्षेत्रमा कार्यरत स्याङ्जाकी मिनु भुसाल,बालबालिकाको शिक्षा र पुनर्निर्माणको क्षेत्रमा कार्यरत बाग्लुङका राजेन्द्र गौतम र महिला अधिकारकर्मीनेपालगन्जकी बेली यादवलाई चेन्जमेकर अवार्ड २०१८ बाट सम्मान गर्न लागेको जनाएको हो ।

रोका वातावरण संरक्षणको क्षेत्रमा बिगत पाँच बर्ष देखी सकृय छन । उनी गत बर्ष जापानमा आयोजित बातावरणसम्बन्धी कार्यक्रममा नेपाललाई प्रतीनिधित्व गरेकी थिइन । बिक युवा सहभागीता र शशक्तीकरणको क्षेत्रमा कार्यरतछन भने भुसाल कृषिलाई बैज्ञानीक र आधुनीकरण गराउन कार्यरत छन ।

त्यसैगरी गौतम, छात्रवृत्ति कार्यक्रममार्फत नेपालका बिभिन्न जिल्लाका करिब एक हजार गरीब तथा जेहेन्दार बालबालिकालाई प्रत्यक बर्ष छात्रवृत्तिप्रदान गर्दै आई रहेका छन । उनी अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलका प्रमुख कार्यकारीअधिकृत हुन । नेपालमा गएको बिनासकारी भुकम्प पछीको पुनर्निर्माणको क्रममा बिस बिद्धालयहरु पुनर्निर्माणगरीसकेका गौतम २०१३ को राष्ट्रिय शान्ती पुरस्कार, २०१५ को सोसियल इनोभेसन अवार्ड र २०१६ को बर्ष युवापुरस्कारबाट समेत सम्मानित भई सकेका छन । त्यसै गरी यादव लामो समय देखी महिला अधिकारकर्मीको रुपमापरीचित छन ।

पुरुस्कारको राशी जनही एक लाख रुपैयाँ र सम्मान पत्र रहने एलाएन्सले जनाएको छ ।
अवार्ड साउन २७ गते अन्तरास्ट्रिय युवा दिवसका दिन एक बिशेष कार्यक्रमको आयोजना गरी काठमाडौंमा प्रदानगरिने छ ।

साभार: समुद्रपारी, साझा नेटवोर्क