काठमाडौं – साउन -१, मृत्यु निर्विकल्प सत्य हो । जन्मसँगै मृत्युको आगमन हुन्छ । मृत्युले दिने पिडा सबै भन्दा गाह्रो पिडा हो । बैबाहिक बन्धनमा बाधिएको केहि बर्ष नपुग्दै श्रीमानको दुखद निधन भएपछी बाग्लुङ जिल्ला, सल्यान गा.वि.स वडा न. ३ स्थाई घर भई हाल लण्डनमा बसोबास गर्दै आएकी सविना खड्का (के.सी) ले आफ्नो स्वर्गिय श्रीमानको स्मृतिमा एक बाल गृहलाई सह्योग गरेकी छन ।
२०६७ साउन २२ गते ३९ बर्षको उमेरमा दुखद निधन भएका श्रीमान स्वर्गिय मनोज के.सी को दोश्रो वार्षिक पुण्य तिथीको अवसर पारी सोलिडारिटी नेपालको सहयोगमा सृजन्सिल बाल सेवा गृहका बालबालिकालाई सौशिक सामग्री तथा स्कुल ब्याग बितरण गरिएको हो ।
हसिलो मुहार अनि चन्चले शोभावका मनोजको दुइ बर्ष अघी लण्डनमा मृत्यु भएको थियो । कार्यक्रममा सोलिडारिटी नेपालका अधक्ष्य राजेन्द्र गौतम, सृजन्सिल बाल सेवा गृहकी अधक्ष्य उमा देवी बस्नेत, समाजसेवी रन बहादुर थापा, हरिकला थापा, अथिति लगायत अनार्थ बालबालिकाहरुको उपस्थिति थियो ।
समाज रुपान्त्रण आफ्नो प्रमुख दायित्व भएको भन्दै, समाज भित्र रहेका अनार्थ, आपङ तथा दलित बालबालिकाको हक-हितका निम्ती आफु लागि रह्ने कार्यक्रममा उपस्थित सोलिडारिटी नेपालका अधक्ष्य राजेन्द्र गौतमले बताए । समाज सेवामा युवाहरुको झुकावले परिबर्तनका निम्ती ठुलो टेवा पुग्ने सृजन्सिल बाल सेवा गृहकी अधक्ष्य उमा देवी बस्नेतले थपिन । यस्तै कार्यक्रमा बोल्दै समाजसेवी रन बहादुर थापाले आफ्नो साथ र सहयोग बाल गृहलाई जारी रहेने बताए ।
काठमाडौंमा प्रमुख कार्यालय रहेको सोलिडारिटी नेपालले हाल नेपालका सात जिल्लालाई कार्यक्षेत्र बनाई बिभिन्न सामाजिक कार्यहरु बिस्तार गर्दै आइरहेको छ । मिसन लिट्रेसी नामक अभियानको अभियान कर्ता एस.एनले बाग्लुङ, गुल्मी, कास्की, नवलपरासी, रुपन्देही, सिन्धुपाल्चोक र काठमाडौंमा रहेका विपन्न परिवारका बालबालिकाहरुलाई सह्योगका साथै सरकारी बिधालयहरुमा कम्प्युटर शिक्षा तथा पुस्तकालय निर्माणका निम्ती बिशेस सह्योग गर्दै आइरहेको छ ।
अमेरिका, जापान्, युके, अस्ट्रेलिया र क्यानाडामा समेत नेट्वोर्क रहेको एस.एनले अरु रास्ट्रमा पनि नेट्वोर्क बिस्तारको प्रयास गरी रहेको छ ।
कार्यक्रममा उपस्थित बालबालिका, समाजसेवी, अथिति लगायत सबैले यस्तो कार्यको प्रसंशा गरेका थिए ।
( प्रस्तुत न्यूज बाग्लुंग न्यूजमा प्रकाशित हो ! )