सोलिडारिटी इन्टरनेशनलको अमेरिका च्याप्टर गठन, अध्यक्षमा थापा

विश्वभर समन्वय समिती गठन गर्ने प्रकृया शुरु, संपर्कमा आउन सबैलाई आव्हान
 

Solidarity-international-logoरोहित भट्टराई – हौस्टन्, टेक्स्सास – विभेदपूर्ण समाजको अन्त्य गर्ने अभियानका साथ बिभिन्न देशमा आफ्नो सन्जाल बिस्तार गरेको सोलिडारिटी इन्टरनेशनलले अमेरिकामा पनि आफ्नो च्याप्टर गठन गरेको छ । गत मे २२ मा अमेरिकाको टेक्स्सासमा आयोजित एक कार्यक्रममा श्रीराम थापाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति गठन भएको हो । बिगत ५ बर्ष देखी अमेरिकामा बसोबास गर्दै आएका थापा अन्तराष्ट्रिय कलाकार मँच अमेरिका, टेक्सस शाखाको उपाध्यक्ष हुन भने उनी सोलिडारिटी नेपालको राष्ट्र प्रतिनिधिको रुपमा समेत कार्यरत छन ।

थापाको नेतृत्वमा गठित च्याप्टरको उपाध्यक्षमा बसिल अर्याल, सचिवमा बिमल ज्ञवाली, कोषाध्यक्षमा केशव सुबेदी, सह-सचिबमा राज शर्मा र सद्स्यहरुमा क्रमश राम कुँवर, दमन राज ठकुरी, श्री कृष्ण गौतम, सुरेश अर्याल, तालिम थापा, अमृत कंडेल, राम कृष्ण सापकोटा, भिम क्षेत्री र जित थापा रहेका छन । कार्यक्रममा बिभिन्न संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । हामी नेपाललाई रुपान्त्रण भएको देख्न चाही रहेका छौ, र त्यो हामी सबैको ऐकबद्धता भए सम्भव हुने नव निर्बाचित अध्यक्ष थापाले बताए । बिदेशमा रहेका प्रत्येक नेपालीले हातेमालो जनाएर सोलिडारिटी इन्टरनेशनलको सामाजिक अभियानलाई सहयोग गरे नेपालका बिभिन्न ग्रामीण जिल्लाहरुमा परोपकारी कामहरु गर्न सकिने सह-सचिब राज शर्माले थपे । विभेदपूर्ण समाज उन्मूलनको लागि आफुहरुले चलाईरहेको अभियान उत्कृष्ट रहेको भन्दै, सो अभियानलाई थप सहयोग पुर्याउन सबैको आबश्यकता रहेको र तत्काल केहि आर्थिक सहयोगका कार्यक्रमहरु आगाडि बढाईएको कोषाध्यक्ष केशव सुबेदीले जानकारी दिए । कार्यक्रममा सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष राजेन्द्र गौतमले पठाएको सम्बोधन पत्र पढेर सुनाइएको थियो ।

कार्यक्रममा मुलुक बाहिर छरिएर रहेका सम्पुर्ण समाज-सेवीहरुलाई समेट्ने योजना र प्रवासमा पनि सामाजिक अभियानमा अभिरुचि राख्ने सवैलाई एउटै छातामा समेट्ने हेतुले सोलिडारिटी इन्टरनेशनलको स्थापना भएको बताईएको छ । बाल-बालिकाहरुको हक हित र आपकालिन अवस्थाको लागि सोलिडारिटी इन्टरनेशनल अमेरिका च्याप्टरले कल्याणकारि कोषको स्थापना गरी सकेको जानकारी गर्राईएको थियो ।

साथै च्याप्टरले गुल्मी जिल्ला, शन्तिपुर, भुल्के, निवासी तथा दुबै मृगौला रोगी खिम बहादुर थापाको सहयोगार्थ पनि आर्थिक संकलन कार्य सुरु गरी सकेको जानकारी दिएको छ । मृगौला रोगी थापाले बिभिन्न अस्पातलमा नियमित डाइलोसिस गराइ रहेका छन । पारीवारिक रुपले आर्थिक अवस्था ज्यादै कम्जोर रहेका थापाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा मृगौला प्रत्यारोपणको कार्य अगाडि बढाइएको छ ।

बाग्लुङका एक बालकलाई बाल गृहमा पुनर्स्थापित

बाग्लुङ जिल्ला, सल्यान गा.वि.स वडा  न. ४ निवासी श्री निमानन्द शर्माका छोरा बर्ष १० का कृष्ण शर्मालाई काठमाडौंमा रहेको “स्रिजन्सिल बाल सेवा गृह” मा पुनर्स्थापित गरिएको छ । पारीवारिक रुपले आर्थिक अवस्था ज्यादै कम्जोर रहेका उनी सल्यान-३, डहरेपोखरामा अवस्थित श्री धौलागिरी प्राथमिक बिद्यालयमा कक्षा २ मा अध्ययन गर्दै थिय । अब उन्को रेखदेख र पढाई सम्बन्धी सम्पूर्ण कार्य सोलिडारिटी नेपालको सहयोगमा हुने छ ।

Image

Image

Image

हामी युवाहरुको सशक्तीकरण र विकास सहित सामाजिक रुपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्धेश्यले अघी बढी रहेका छौ ।