अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले प्रोजेक्ट होप अन्तर्गत नेपालका बिभिन्न जिल्लाका सरकारी विद्यालयमा अध्ययनरत एक हजार जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
भुकम्प पछीको पुनर्निर्माण अभियानको क्रममा करिब बिस ओटा विद्यालय पुननिर्माण गरेको संस्थाले बिगत केही बर्षदेखी प्रोजेक्ट होपसन्चालनमा ल्याएको थियो ।
गत बर्ष संस्थाले बिभिन्न जिल्लाका करिब छ सय विद्यार्थीलाई सहयोग गरेको थियो भने यस बर्ष दोलखा , सिन्धुपाल्चोक , नुवाकोट , बाग्लुङ , गुल्मी र नवलपरासीका करिब एक हजार बालबालिकालाई सहयोग गर्ने सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए ।
संस्थाले जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई स्कुल पोशाक , स्वेटर , ब्याग , कापी तथा अन्य अतीआवश्यक शैक्षिक सामाग्री बितरण गर्दै आइरहेको छ ।
केही दिन अघी मात्रै संस्थाले बाग्लुङको सल्यानमा अवस्थित श्री धौलागिरी प्राथमिक विद्यालय र गुल्मीको शन्तिपुरमा अवस्थित श्री उदय माध्यामिक विद्यालयमा छात्रवृत्ति प्रदान गरेको थियो ।