१२ जेठ, काठमाडौं । नेपाललाई साक्षर बनाउने उदेश्यका साथ मिसन लिट्रेसी अभियान सन्चालन गरिरहेको सोलिडारिटी नेपालले आफ्नो नयाँ प्रोजेक्ट होप सन्चालनमा ल्याएको छ । आज काठमाडौंमा आयोजित एक बिशेष कार्यक्रम मार्फत होप सन्चालनमा ल्याइएको घोषणा गरिएको हो ।
प्रोजेक्ट होप मार्फत देश बिदेशमा बस्ने नेपाली र शिक्षाबाट बन्चित बालबालिकालाई एकै ठाउँमा ल्याउने प्रयास गरिएको जानकारी दिइएको छ । ब्यक्तिगत दान द्वारा सन्चालित हुने होपमा कुनै एक ब्यक्तीले एक गरिब, जेहेन्दार तथा समाजबाट अपहेलित बालबालिकालाई पूर्ण छात्रवृत्ति प्रदान गर्न सक्नेछन । दाताले एक बर्ष भरी पूर्ण छात्रवृत्तिका निम्ती खरिदगर्नु पर्ने जिन्सी तथा शौशिक सामाग्रीका लागि लग्ने रकम रु ५,००० संस्थालाई प्रदान गरेर वा ब्यक्तिगत आँफै उपस्थित भएर सामाग्री उपलब्ध गराउन सक्नेछन । छात्रवृत्ति प्रदान गर्न तथा विद्यार्थी र दाता बिचको सम्बन्ध बिस्तारको निम्ती सोलिडारिटीले आफ्ना स्वयमसेवकहरु परिचालन गर्ने जानकारी गराइएको छ ।
यसरी प्रदान गरिने छात्रवृत्ति १ बर्षको निम्ती हुने र विद्यार्थीको शौशिक सफलतालाई मध्यनजर गरेर नविकरण गर्न सकिने छ । यस प्रकारको अभियानले मानिसहरुलाई समाज सेवामा आकर्षण गर्ने जानकारी गराइएको छ ।
सोलिडारिटी नेपालले अभियानको पहिलो चरणमा एक सय ब्यक्तिगत दाता र् एक सय विद्यार्थीलाई ऐक्यबद्ध गराउने प्रयास गरीरहेको र् दोश्रो चरणमा एक हजार दाता संग एक हजार विद्यार्थीलाई गोलबद्ध गर्ने लक्ष्य लिएको जानकारी दिइएको छ । साथै कार्यक्रमको क्रममा संस्थाले सबैलाई आआफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरेको छ ।