जवान छोरीको अल्पायुमै मृत्यु हुनु अनि त्यसले दिएको पिडा झेल्नु, यो भन्दा गाह्रो समय मानिसको जीवनमा कहिल्यै पनि आउदैन होला ! गुल्मी जिल्ला झारखर्क गा.वि.स घर भई हाल काठमाडौंमा बसोबास गर्दै आयका रन बहादुर थापा र हरिकला थापाले सोलिडारिटी नेपालको सहयोगमा १४ जना अति विपन्न वर्गका बालबालिकाहरुलाई खाध्यान तथा आर्थिक सहयोग गरेका छन । १३ बर्षको अल्पआयुमै दुखद निधन भएकी छोरी अस्मिताको पहिलो वार्षिक पुण्य तिथी तथा १५ औ जन्मदिनको अवसर पारी सृजन्सिल बाल सेवा परिवारका बालबालिकालाई सहयोग गरिएको हो ।
पढाइमा निकै बौधिक र लगनसिल अस्मिताको गत साल निधन भएको थियो । कार्यक्रममा सोलिडारिटी नेपालका अधक्ष्य राजेन्द्र गौतम, स्वर्गिय अस्मिताका बुबा-आमा रन बहादुर थापा-हरिकला थापा, साथीहरू र केहि आफन्तजनको उपस्थिति थियो ।
त्यसै गरी छोरीको सम्झनामा थापा दम्पतिले कोश इस्तापना गरी जहेन्दार तथा गरीब बिधाथीलाई छात्रबृत्ति दिने तयारीमा छन ।
( प्रस्तुत न्यूज गुल्मी न्यूजमा प्रकाशित हो ! )