डिसेम्बर २९, गुल्मी । सोलिडारिटी नेपालले बर्ष २०१३ को अस्मिता स्मृति पुरस्कार गुल्मीकी सिम्रन पुनलाई प्रदान गरेको छ । गुल्मी जिल्लाको श्री हराचोउर माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत पुन बिद्यालयकी जेहनदार छात्राहरु मध्यकी एक हुन । विद्यालयद्वारा डिसेम्बर २८ र २९ मा आयोजित बार्षिक उत्शब कार्यक्रमका बिच पुनलाई नगद रु ५,००० सहित सम्मान पत्र प्रदान गरिएको हो । काठमाडौंको ब्रिहस्पती बिध्यासदनमा कक्षा ८ मा अध्यनरत अस्मिताको २०६८-४-१ मा असमाहिक निधन भएको थियो ।
शोकलाई शक्तीमा बदल्न सोलिडारिटी नेपालले उनको परिवारको आर्थिक सहयोगमा अस्मिता स्मृति पुरस्कारको स्थापना गरेको थियो ।